नियम २७
बोलपत्र वा सिलबन्दी दरभाउपत्र स्वीकृत गर्ने अधिकारी
(१) निर्माण कार्य वा
मालसामान खरिदका लागि देहायका रकमको बोलपत्र वा सिलबन्दी दरभाउपत्र
स्वीकृत गर्ने अधिकार देहायका अधिकारीलाई हुनेछ ः–
(क) महानगरपालिकाको हकमा,–
(१) तीन करोड रुपैया“सम्म सचिवले,
(२) पा“च करोड रुपैया“सम्म प्रमुखले,
(३) पा“च करोड रुपैया“ भन्दा बढी महानगरपालिकाले ।
(ख) उपमहानगरपालिकाको हकमा,–
(१) एक करोड पचास लाख रुपैया“सम्म सचिवले,
(२) दुई करोड पचास लाख रुपैया“सम्म प्रमुखले,
(३) दुई करोड पचास लाख रुपैया“ भन्दा बढी उप–महानगरपालिकाले ।
(ग) नगरपालिकाको हकमा,–
(१) पचहत्तर लाख रुपैया“सम्म सचिवले,
(२) एक करोड पच्चीस लाख रुपैया“सम्म प्रमुखले,
(३) एक करोड पच्चीस लाख रुपैया“ भन्दा बढी नगरपालिकाले ।